रोनाल्डोले पुरा गरे यो वर्षको ५० औं गोल
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५० गोल पुरा गरेका छन्। अल नासरका लागि उनले अल सहवाब विरुद्ध गोल गर्दै यो वर्ष आफ्नो ५० औं गोल पुरा गरेका हुन्।
राेनाल्डाेकाे गोलसँगै अल नासरले चिरप्रतिद्वन्द्वी अल सहबाबलाई ५-२ ले पराजित गर्दै साउदी किंग्स कपको सेमिफाइनलमा स्थान बनायो। उनले अल नासरको लागि ७४ औं मिनेटमा चौंथो गोल गर्दै यो वर्ष ५० गोल पुरा गरे। राेनाल्डाेले यो सिजनमा अल नासरका लागि २६ गोल गरे। जसमा १६ गोल उनले साउदी प्रो लिगका १५ खेलमा गरेका छन्।
तीन दिनअघिमात्र रोनाल्डोले आफ्नो करिअरको १२ सयौं व्यावसायिक खेल खेल्दा अल रियाद विरुद्ध समेत गोल गरेका थिए। उनले उक्त खेलमा एक गोल र एक असिस्ट गर्दै ऐतिहासिक कीर्तिमान बनाएका थिए।
प्रतिक्रिया
