महिला क्रिकेट खेलाडीको तिहार क्रिकेट मैदानमै वित्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका क्रिकेट खेलाडीको तिहार क्रिकेट मैदानमै वित्ने भएको छ । हङकङमा कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म आयोजना हुने चार देशसम्मिलित टी–२० सिरिजका कारण नेपाली टोलीको तिहार खेल मैदानमै क्रिकेट खेलेर वित्ने छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सिरिज खेल्न लाने महिला टोलीको विदाइ गरेको छ । मुलपानीस्थित क्यान मुख्यालयमा आयोजित कार्यक्रमबीच टोलीलाई क्यानका सचिव पारस खड्कालगायत पदाधिकारीले विदाइ गर्नुभयो । नेपाली टोली आइतबार हङकङ प्रस्थान गर्नेछ ।

क्यानले यस सिरिजका लागि पहिलो पटक इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । क्यानले रुविना क्षेत्रीको स्थानमा  बर्मालाई कप्तानको जिम्मेवारी दिएको हो । यस्तै उपकप्तानमा विन्दु रावल छन्हु । नेपालले सिरिजको पहिलो खेल कात्तिक २९ गते तान्जानिया, दोस्रो खेल कात्तिक ३० गते हङकङ र तेस्रो खेल मङ्सिर २ गते जापानसँग खेल्नेछ । लिग चरणको शीर्ष दु्ई टोलीबीच मङ्सिर ३ गते फाइनल खेल हुनेछ । सिरिजका खेलहरु हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।

नेपाली महिला क्रिकेट टोली 

इन्दु बर्मा (कप्तान), विन्दु रावल (पकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, खुशी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुबी पोद्दार ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर