आईसीसीकाे ठूलो निर्णय, श्रीलंका निलम्बनमा !

 काठमाडौं ।  एकदिवसीय विश्वकपको बीचमा आईसीसीले ठूलो निर्णय गरेको छ । जसका कारण अब यो देशले एउटा पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैन । आईसीसीले प्रतिबन्ध लगाएको यो देश अरु कोही नभई श्रीलंका रहेको छ ।

आईसीसीको नियम उल्लङ्घन गरेको भन्दै शुक्रबार श्रीलंका क्रिकेटको सदस्यता खारेज गरिएको हो । आईसीसीको बैठकमा श्रीलंका सरकारले क्रिकेट बोर्डमा हस्तक्षेप गरिरहेको पाइएको थियो ।

जुन आईसीसीको नियमविपरीत हो । चालू एकदिवसीय विश्वकपमा श्रीलंकाको खराब प्रदर्शनका कारण देशको क्रिकेट बोर्डमा धेरै फेरबदल भएको छ । टोली शुक्रबार स्वदेश फर्किएपछि सरकारी हस्तक्षेपका कारण आईसीसीले श्रीलंका क्रिकेट बोर्डको सदस्यता खारेज गर्नुपरेको थियो । आईसीसीको आजको बैठकले श्रीलंका क्रिकेटले सदस्यको हैसियतमा आफ्नो जिम्मेवारी उल्लङ्घन गरेको निर्णय गरेको आईसीसीले विज्ञप्तिमार्फत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर