मोदी र बाइडनबीच भेटवार्ता

काठमाडौं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडनबीच भेटवार्ता भएको छ । जी-२० शिखर सम्मेलनका क्रममा गएराति उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीले बाइडनसँगको वार्ता एकदम उपयोगी भएको प्रतिक्रिया दिएका छन् । दुई देशबीच आर्थिक तथा जनसम्बन्धका बारेमा कुराकानी भएको उनले बताएका छन् ।

यस्तै भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यता दिन अमेरिकाले समर्थन जनाएको छ । भेटपछि जारी संयुक्त सन्देशमा अमेरिका-भारत रणनीतिक साझेदारी कायम राख्ने सहमति भएको उल्लेख छ । सम्मेलनमा मोदीले विश्वका नेताहरूसँग १५ द्विपक्षीय बैठक गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर