स्ट्राइकर ट्यामी अब्राहम लामो समय मैदान बाहिर रहने
काठमाडौं । इटालियन क्लब रोमाका स्ट्राइकर ट्यामी अब्राहम लामो समय मैदान बाहिर रहने भएका छन् ।
एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) को चोट बोकेपछि अब्राहम लामो समय मैदान बाहिर रहने भएका हुन् ।
इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम खेलमा आइतबार अब्राहमले चोट बोकेका बोकेका थिए ।
स्पेजियाविरुद्धको खेलमा २-१ को जित निकालेको खेलमा उनी घाइते भएका थिए ।
रोमाले अब्राहम अनिश्चितकालका लागि मैदान बाहिर रहने पुष्टि गरेको छ ।
२५ वर्षीय अब्राहमले २०२२-२३ सिजनमा ३८ सिरी ए खेलमा ८ गोल गरेका थिए।
अब्राहम २०२१ मा चेल्सीबाट रोमा आएका थिए । एजेन्सी
प्रतिक्रिया
