रियलले फरवार्ड करिम बेन्जिमाको स्थानमा केनलाई अनुबन्धको सूचीमा
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले इंग्ल्यान्डका फरवार्ड ह्यारी केन अनुबन्धकाल लागि चाँसो देखाएको छ ।
रियलले फरवार्ड करिम बेन्जिमाको स्थानमा केनलाई अनुबन्धको सूचीमा राखेको बीबीसीले जनाएको छ ।
रियलको सूचीको शीर्ष स्थानमा केन रहेको बताईएको छ ।
फ्रेन्च फरवार्ड बेन्जिमाले १४ वर्षपछि रियल छाडेका छन् ।
उनको स्थानमा रियलले टोटेनहमका फरवार्ड केनलाई प्राथमिकतामा राखेको छ ।
२९ वर्षीय केनको सम्झौता एक वर्ष बाँकी छ तर, उनी क्लब छाड्ने योजनामा छन्।
नापोलीका भिक्टर ओसिमहेन, इन्टर मिलानका लाउटारो मार्टिनेज, चेल्सीका काई हाभर्ट्ज र युभेन्टसका डुसान भ्लाहोभिक पनि रियलको सूचीमा रहेका छन् । एजेन्सी
प्रतिक्रिया
