रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।

र यो हाम्रो विगतको समचार पढौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तर्फबाट तीनजनालाई मन्त्रिपरिषदमा सामेल गरेका छन् ।

सत्ता गठबन्धनको कोटाअनुसार कांग्रेसको भागमा परेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा उपसभापति धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु रहेका छन् ।

कांग्रेसको भागमा परेका मन्त्रीहरूलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्ड केही दिन अगाडिसम्म तयार नभएको र उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सामेल गर्न छलफल चलाइरहेकोमा गठबन्धनभित्र असन्तोष थियो । आज विस्तार भएको मन्त्री परिषदको रूपरेखा हेर्दा रास्वपा सरकारमा सामेल हुने बाटो प्रायः बन्द भएको विश्लेषण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर