नापोलीलाई इटालियन सिरी ए को उपाधि

काठमाडौं । नापोलीले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ ।

बिहीबार राति उडीनेजेसँग १-१ गोलको बराबरी खेल्दै नापोलीले उपाधि जितेको हो ।

नापोलीले ३३ वर्षपछि सिरी ए लिगको उपाधि जितेको हो ।

यस अघि नापोलीले १९९० मा सिरी ए उपाधि जितेको थियो ।

खेलको १३ औं मिनेटमा सान्डी लोभ्रिचले गोल गर्दै उडीनेजेलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै नापोलीलाई उपाधि दिलाउन पर्याप्त रह्यो ।

नापोली ३३ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नापोली शीर्ष स्थानमा १६ अंकले अघि रहेको छ ।

उडीनेजे ४३ अंक जोडेर १२ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर