एसी मिलान विजयी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान विजयी भएको छ ।
आइतबार राति मिलानले लेसीलाई २-० गोल अन्तरले हराएको हो ।
मिलानको जितमा राफायल लियोले दुई गोल गरे ।
खेलको ४० औं मिनेटमा लियोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
जितसँगै मिलानले ३१ खेलमा ५६ अंक जोडेको छ ।
मिलान पाँचौं स्थानमा रहेको छ ।
लेसी २८ अंक जोडेर १६ औं स्थानमा रहेको छ । एजेन्सी
प्रतिक्रिया