सय दिन र १३ वटा मन्त्रालय पाएमा थिति बदल्छौं : रवि

 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले एक सय दिन र १३ वटा मन्त्रालयको जिम्मेवारी दिएमा देशको थिति बदलिदिने अठोट व्यक्त गरेका छन् ।

 

चितवनमा मंगलबार आयोजित चुनावी सभामा लामिछानेले सय दिन र विभिन्न १३ वटा मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिएमा थिति बसालेर देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने बताएका छन् ।

 

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट मंगलबार हेर्न नभ्याइनेमा पर्दै सरेको छ ।

 

मंगलबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । तर, न्यायाधीश सिन्हाको इजालसले उक्त मुद्दा हेर्न नमिल्ने भन्दै अर्को इजलासमा पेस गर्न आदेश दिएको हो ।

 

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गर्राएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर