टोटेनहम र एभर्टनले बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र एभर्टनले बराबरी खेल्दै अंक बाडेका छन् ।

सोमबार राति भएको खेलमा टोटेनहम र एभर्टनले १-१ गोलको बराबरी खेलेका हुन् । दुबै टोली १० खेलाडीमा समेटिएको खेलमा सुरुआती अग्रता भने टोटेनहमले लिएको थियो ।

खेलको ५८ औं मिनेटमा अब्दुलाए डोकुरेले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो । खेलको ६८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ८८ औं मिनेटमा लुकास मोउराले रातो कार्ड पाएपछि टोटेनहम पनि १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको ९० औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै टोटेनहमले २९ खेलमा ५० अंक जोडेको छ । टोटेनहम चौंथो स्थानमा रहेको छ ।

एभर्टन २७ अंक जोडेर १५ औं स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर