विद्या भण्डारीको शपथपछि एमालेको बैठक सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। बैठक औपचारिक रूपमा सुरु हुनुअघि पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेकी छन्। शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित स्थायी कमिटीका सदस्यहरू बैठकमा सहभागी भएका छन्।
पार्टीका प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई छलफल तथा निर्णयका लागि प्रत्यायोजन गरेका विभिन्न एजेन्डामाथि बैठकमा छलफल भइरहेको छ। बैठकले पार्टीको साङ्गठनिक अवस्था, पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सञ्चालन तथा आगामी कार्ययोजनासहित समसामयिक विषयमा आवश्यक निर्णय गर्नेछ।
प्रतिक्रिया
