यूईएफए नेसन्स लिग : फ्रान्स र इटाली बराबर

काठमाडौं । यूईएफए नेसन्स लिगमा शुक्रबार फ्रान्स र इटालीले १–१ को बराबरी खेलेका छन् । अर्को प्रमुख खेलमा केभिन डे ब्रुएनाको दुई गोलको मदतले बेल्जियमले टर्कीलाई ३–० ले पराजित गर्‍यो । अर्को गोल भने रोमेलु लुकाकुले गरे । टर्कीको यो लगातार तेस्रो हार हो ।

यसअघि टर्की फ्रान्स र इटालीसँग पनि हारेको थियो । जिनेदिन जिदानको फ्रान्सले माइकल ओलिसको गोलमा ५५ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ६८ औं मिनेटमा एलेसान्ड्रो बोस्टोनीले बराबरी गोल फर्काए । यस बराबरीपछि फ्रान्सको लगातार दुई खेलको जित यात्रामा टुंगो लागेको छ ।

भेट्रान खेलाडी रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले पोलान्डले रोमानियामाथि ६–० को जित निकाल्न सफल रह्यो । बोस्निया एन्ड हर्जगोभिना र स्विडेनबीचको खेल भने १–१ को बराबरीमा छुट्यो । उक्तरी आयरल्यान्डले युत्रेनलाई ३–० हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर