त्रिपुरेश्वरमा बसभित्रै आत्मदाह प्रयास गरेका चालकको मृत्यु
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा हिजो सोमबार बसभित्रै आत्मदाह प्रयास गरी गम्भीर घाइते बनेका चालकको उपचारका क्रममा मृत्यु भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचारका क्रममा घाइते भएका चालक अर्जुनदावा लामाको मृत्यु भएको छ । त्रिपुरेश्वरमा ऋद्धिसिद्धि यातायातको बस चालक लामालाई ट्राफिक नियमन उल्लङ्घन गरेका विषयमा पुर्जी काट्न खोज्दा विवाद भएको थियो ।
प्रतिक्रिया
