त्रिपुरेश्वरमा बसभित्रै आत्मदाह प्रयास गरेका चालकको मृत्यु

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा हिजो सोमबार बसभित्रै आत्मदाह प्रयास गरी गम्भीर घाइते बनेका चालकको उपचारका क्रममा मृत्यु भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचारका क्रममा घाइते भएका चालक अर्जुनदावा लामाको मृत्यु भएको छ । त्रिपुरेश्वरमा ऋद्धिसिद्धि  यातायातको बस चालक लामालाई ट्राफिक नियमन उल्लङ्घन गरेका विषयमा पुर्जी काट्न खोज्दा विवाद भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर