विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं ।  जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन भएको छ ।  प्रतिनिधिसभाको सोमबार बसेको बैठकले अध्ययनका लागि तीन महिनाको समय दिएर १५ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा अच्युतम लामिछाने‚ अनुष्का श्रेष्ठ‚ गंगादेवी पराजुली‚ गणेश पराजुली‚ धनन्जय रेग्मी सदस्य रहेका छन् । यस्तै, ध्रुव राई‚ निशा डाँगी‚ पुष्पराज कँडेल‚ मोहन आचार्य‚ मिङ्मा ग्यावु शेर्पा‚ रमेश मल्ल‚ रवीन्द्र पटेल‚ सरस्वती लामा‚ सुजाता तामाङ र सीता थपलिया रहेका छन् । अब बस्ने समितिको पहिलो बैठकले नेतृत्व चयन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर