विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
काठमाडौं । जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले अध्ययनका लागि तीन महिनाको समय दिएर १५ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा अच्युतम लामिछाने‚ अनुष्का श्रेष्ठ‚ गंगादेवी पराजुली‚ गणेश पराजुली‚ धनन्जय रेग्मी सदस्य रहेका छन् । यस्तै, ध्रुव राई‚ निशा डाँगी‚ पुष्पराज कँडेल‚ मोहन आचार्य‚ मिङ्मा ग्यावु शेर्पा‚ रमेश मल्ल‚ रवीन्द्र पटेल‚ सरस्वती लामा‚ सुजाता तामाङ र सीता थपलिया रहेका छन् । अब बस्ने समितिको पहिलो बैठकले नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया
