किन माफी माग्नु पर्‍यो मन्त्री सोविता गौतमले ?

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभासमक्ष क्षमा मागेकी छन्। राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरूले कानुन निर्माणमा राष्ट्रियसभाले बाधा पुर्‍याएको भन्ने उनको अभिव्यक्तिमाथि आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमायाचना गरेकी हुन्।

बैठकलाई सम्बोधन गर्दै मन्त्री गौतमले भनिन्, “मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु।”

आफ्नो भनाइ स्पष्ट पार्दै उनले प्रतिनिधिसभामा दुई-तिहाइ बहुमत भए तापनि कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्र पूर्ण नहुने संवैधानिक व्यवस्थाको तथ्य मात्र स्मरण गराएको दाबी गरिन्। कानुन बन्न प्रतिनिधि सभा, राष्ट्रिय सभा र राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने जटिल संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले राष्ट्रिय सभाले असहयोग गर्‍यो भनेर आफूले कुनै पनि आपत्तिजनक शब्द प्रयोग नगरेको स्पष्ट पारिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर