प्रधानमन्त्री बालेनप्रति शहीदकी आमाको आक्रोश !

काठमाडौं  । जेन-जी आन्दोलन भएको एक वर्षपछिको अवधिमा शहीद परिवारको असन्तुष्टि सतहमा आएको छ । प्रतिनिधिसभाको आज बुधबार बसेको बैठकमा शहीदकी आमा एवं रास्वपाकी सांसद रहेकी रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश पोखेकी छन्  हुन् ।

उनले भनिन्, ‘जेन-जी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एकदिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोल्दिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा-भन्दा बेलुकी सात बजे स्टाटस त आयो । अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली !’

सांसद खतिवडा खत्रीको उपरोक्त भनाइले उनी प्रधानमन्त्री बालेनप्रति निकै असन्तुष्ट भएको चित्र स्पष्ट देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर