आज मुख्यमन्त्री किरण थापाको विश्वासको मतको परीक्षण
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको बैठक आज अपराह्न ४ः०० बजे बस्दैछ । बैठक प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो ।
हिजो सोमबार साँझ ८ः०० बजेका निर्धारण गरिएको बैठक आज मंगलबारका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरेको उनले बताए ।
प्रतिक्रिया
