रास्वपा संसदीय दलको बैठकमा सरकारका कामबारे छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल जारी संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो ।
बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी हुनुहुन्छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा जारी बैठक अनौपचारिक भएको उहाँले बताउनुभयो । सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको उपनेता पराजुलीले बताउनुभयो ।
प्रतिक्रिया
