भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको  कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो ।

 प्रश्न सोध्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नु पर्नेछ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १५ जना सांसदहरूले प्रश्न सोध्न पाउँछन्।
सभामा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक-एक जना र बाँकी ८ जना सांसद भने दलको हैसियत अनुसार छानिने छन्। अर्थात्, प्रश्नोत्तरमा सत्तारूढ रास्वपाका धेरै सांसदले भाग लिन पाउने छन्  ।
यसअघि हिजो सामेबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देश गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर