काङ्ग्रेस पूर्वसभापति देउवा पाँच महिनापछि स्वदेश फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन् । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले जारी गरेको विज्ञप्तिमा मुलुक अहिले परिवर्तनको आकांक्षाबाट अघि बढिरहेको भन्दै त्यसलाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व भएको बताए । उनले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्ने र राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिन नहुने धारणा व्यक्त गरे ।

‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’, देउवाले विज्ञप्तिमा भनेका छन्, ‘२०३३ सालमा वीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने समय आएको उद्घघोष गर्नु भएको थियो । मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ ।’

null

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर