एसियाड एथलेटिक्समा नेपालका ६ खेलाडी

काठमाडौं ।  जापानको आइची–नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा एथलेटिक्सतर्फ नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल एथलेटिक्स सङ्घले खेलाडीको प्रदर्शनका आधारमा एसियाडमा ६ खेलाडी सहभागि गराउन लागेको हो । जसअन्तर्गत म्याराथन पुरुषमा खड्कबहादुर खड्काले प्रतिस्पर्धा गर्नुहुनेछ । नेपालकी चर्चिच धाविका सन्तोषी श्रेष्ठले महिला पाँच हजार र १० हजार मिटरमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

यस्तै पुरुष आठसय मिटर दौडमा सोमबहादुर कुमाल, पुरुष १५ सय र पाँच हजार मिटर दौडमा मुकेशबहादुर पाल, पुरुष  १० हजार मिटर र म्याराथनमा राजन रोकाय तथा महिला १५ सय र पाँच हजार मिटर दौडमा पूर्णलक्ष्मी न्यौपानेले प्रतिस्पर्धा गर्ने एथलेटिक्स सङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर