सन्दीपको कप्तानीमा एसीसी प्रिमियर कप खेल्ने

काठमाडौं । आउँदो अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप प्रतियोगितामा सन्दीप लामिछानेले कप्तानको जिम्मेवारी निर्वाह गर्नुहुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सन्दीपलाई उक्त प्रतियोगितामा नेपाली टोलीको कप्तानको जिम्मोवारी दिइएको हो । एकदिवसीय टोलीको कप्तान बन्नुभएका सन्दीप चार वर्षपछि कप्तानको जिम्मेवारीमा फर्कनुभएको हो ।

प्रिमियर लिगका लागि क्यानले सोमबार सार्वजनिक गरेको १४ सदस्यीय नेपाली टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले गत शनिबार प्रतियोगिताका खेल तालिका सार्वजनिक गरेको थियो। तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्ने छ ।

प्रतियोगितामा १० टोलीको सहभागी हुने छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेका छन् । अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार छन । नेपालले समूहको दोस्रो खेल सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ तारिख हङकङसँग खेल्ने छ । समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२७ मा बङ्गलादेशमा हुने एक दिवसीय एसिया कपमा स्थान बनाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर