प्रम बालेनको “कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी” स्टाट्सको अर्थ खोजिँदै !
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् । उनले नआत्तिन पनि सबैलाई आग्रह गरेका छन ।
शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिले काहीँ फरक हुन सक्ने पनि बताएका छन् । कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको बताएका छन् ।
उनले लेखेका छन् ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’
प्रतिक्रिया
