साउन २४ मा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बस्ने भएको छ । बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ। बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन। यद्यपि, पार्टीको समसामयिक राजनीतिक गतिविधि तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर