आक्रोशित दुर्गा प्रसाइँले तोके बालेन सरकारको आयु दशैंसम्म

काठमाडौं । मेडिकल व्यवसायी तथा वर्तमान राजनीतिक प्रणलीका विरोधी दुर्गा प्रसाईँले बालेन सरकारलाई आगामी दशैंसमम टिकाएर देखाउन चुनौती दिएका छन् ।
आफ्नो गृह जिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पत्रकारहरूसँग अघिपछि जस्तै सहजै कुराकानी गर्न नदिई प्रसाइँ जहाजबाट आर्लनासाथ प्रहरीले सिधै उनको निवास भक्तपुरस्थित निकोशेरामा पुर्‍याएपछि आक्रोशित बनेका प्रसाइँले उक्त चुनौती दिएका हुन् ।

उनले विमानस्थलमा आफूलाइृ प्रहरीले अपहरणशैलीमा पक्राउ गरेर आफ्नो निवास पुर्‍याएको आरोप लगाए । आज आइतबार आफ्नो निवासपरिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रसाइँले बालेन सरकार दशैंसम्म मात्र टिक्ने भविष्यवाणी गरे । उनले सरकार जुन बाटो आएको त्यही बाटो जाने दाबीसमेत गरे ।

प्रसाईँको भनाइ छ, ‘दसैँसम्म हेर तिमीहरू । दसैँसम्म टिकाओ । जुनबाटो आएको थियो त्यही बाटो जान्छौ । जुन तरिकाले बम बारुद धुलो, आगोको लप्का थियो नि त्यही तरिकाले तिमीहरू जाँदैछौ । सिकाएको तिमीहरूले नै हो । अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हैनौ ?’

उनले सरकारले आफूलाई भँडुवा भन्दै धरपकड गरिरहेको र फँसाउन लागिरहेको भन्दै त्यो सफल हुन नदिने ठोकुवा गरे । प्रसाईँको सकारसमक्ष प्रश्न छ, ‘दुर्गा प्रसाईँले बोल्छ भनेर भँडुवा भनेको छ, उचालेर हिँड्यो भनेको छ । सुकुमबासीलाई मैले खोलामा हालेको हो ? गणेशलाई मर्ने मैले बनाइदिएको हो ?’

उनले बालेन सरकार अल्गोरिदम (मेसिनमा भरिएको कार्यक्रम जुनपछि आफैं चल्छ) कब्जा गरेर फाँसीवाद ल्याउनतिर लागेको आरोपसमेत लगाए ।उनले भने, ‘बोल्नै नहुने भएको छ । गणेशले जरिवाना तिर्न नसकेर आत्मदाह गर्‍यो भन्दैछन् घण्टेहरू । उनीहरूजस्तो लुटेरा हो ? यस्तो त राक्षसहरूको भूगोलमा पनि हुँदैन । अब अल्गोरिदम हाम्रो पक्षमा आउँछ । हाम्रो अभियानले सार्थकता पाउँछ ।’

उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्ने बनाएको भन्दै आफूहरूले गरीखान देऊमात्र भनेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर