‘गोल्डेन बुट’ को दौडमा एम्बाप्पेले मेसीलाई उछिन्यो
काठमाडौं । फ्रान्सेली कप्तान किलियन एम्बाप्पे जारी विश्वकपमा गरेको गोलको संख्या ८ पुगेको छ। आज बिहान भएको राउन्ड अफ ८ को खेलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गर्दा एम्बाप्पेले १ गोल गरे।
फ्रान्सको जितमा एमबाप्पे र उसमान डेम्बेलेले १-१ गोल गरेका हुन्। आज गरेको १ गोलसँगै सर्वाधिक गोलकर्ताको दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेसीभन्दा एम्बाप्पे अघि आएका छन्। जारी विश्वकपका यसअघि भएका ५ खेलमा एम्बाप्पेले ७ गोल गरिसकेका थिए।
विश्वकपमा खेलाडीहरूबीच व्यक्तिगत अवार्डको रुपमा रहने ‘गोल्डेन बुट’ (सुनको जुत्ता) को लागि पनि तिव्र प्रतिस्पर्धा हुन्छ। प्रतियोगितामा जुन खेलाडीले बढी गोल गर्छ, उसैले ‘गोल्डेन बुट’ हात पार्छ। आज भएको गोलसँगै फिफा विश्वकप २०२६ अन्तर्गत हालसम्म भएका खेलमा एम्बाप्पेले गरेको गोलको संख्या ८ पुगेको हो। यो भनेको मेसीकै बराबर हो। मेसीले पनि जारी विश्वकपका अहिलेसम्म भएका खेलमा ८ गोल गरेका छन्।
तर, आजको खेलमा फ्रान्सका डेम्बेलेले गरेको गोलमा एम्बाप्पेले असिस्टसमेत गरेका थिए। योसँगै एमबाप्पेले जारी विश्वकपमा असिस्ट संख्या ३ र गोल संख्या ८ पुगेको छ। जसले गर्दा सर्वाधिक गोलकर्तामा एमबाप्पे मेसीभन्दा अगाडि देखिएका हुन्।
जारी खेलको अहिलेसम्म मेसीले १ मात्रै असिस्ट छ। आजको गोलसँगै एमबाप्पेले विश्वकपका समग्र खेलमा भएको गोलसंख्या २० पुगेको छ। यो मेसीको भन्दा १ गोल मात्रै कम हो। अहिलेसम्मका विश्वकपमा मेसीको गोलसंख्या २१ छ।
एम्बाप्पे र मेसीपछि गोल्डेन बुटको दौडमा नर्वेका स्टार खेलाडी इर्लिङ हालान्ड छन्। उनले ७ गोलसहित ‘गोल्डेन बुट’को दाैडमा एम्बाप्पे र मेसीलाई पछ्याइरहेका छन्। २७ वर्षीय एमबाप्पे २९ वर्षीय मेसीभन्दा १ गोलले पछि रहेका २५ वर्षीय हालान्डको नाममा २ असिस्ट गोलसमेत छ।
मेसीले जारी विश्वकप- २०२६ का सबै ५ खेलमा गोल गरेका छन् भने हालान्डले पनि आफूले खेलेका सबै पाँचै खेलमा गोल गरेका छन्। एमबाप्पे भने जारी विश्वकपमा आफूले खेलेको १ खेलमा गोल गर्नबाट चुकेका छन्। एमबाप्पेले समूह चरणमा फ्रान्सले नर्वेविरुद्ध खेलेको खेलमा गोल गर्न सकेनन्। जुन खेलमा एम्बाप्पे गोलविहीन हुँदा पनि फ्रान्स ४-१ ले विजयी भएको थियो।
त्यसबाहेक उनले इराक, सेनेगल, स्विडेन र पाराग्वेविरुद्ध गोल गरेका छन्। त्यसैगरी इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि जारी विश्वकपमा ६ गोल गरेर मेसी, एमबाप्पे र हालान्डलाई पछ्याइरहेका छन्।
