क-कसको बीचमा कहिले हुँदैछ क्वार्टरफाइनल खेल ?

काठमाडौं ।  फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनल समीकरण पूरा भएको छ। आज  बुधबार बिहान सम्पन्न स्विट्जरल्यान्ड र कोलम्बियाबीचको प्रिक्वार्टरफाइनल खेलसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो । अब उपाधि दौडमा रहेका सबै टोलीले आफ्नो क्वाटरफाइनल प्रतिद्वन्दी पनि पक्का गरेका छन्।

यसपटक क्वार्टरफाइनलमा युरोपको वर्चस्व देखिएको छ। अन्तिम आठमा युरोपबाट ६ टोली पुगेका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट एक–एक टोलीले मात्र स्थान सुरक्षित गरेका छन् । पाँच पटकको विश्वविजेता ब्राजिल, आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा तथा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएका छन्। अर्कोतर्फ साविक विजेता अर्जेन्टिना, पूर्वविजेता फ्रान्स, स्पेन र इंग्ल्यान्डले उपाधि यात्रालाई निरन्तरता दिएका छन्। अब एक दिनको विश्रामपछि क्वार्टरफाइनलका खेल सुरु हुनेछन्।

कहिले कहिले हुँदैछ क्वार्टरफाइनल खेल ? 

– फ्रान्स भर्सेस मोरक्को, असार २६ गते विहान १:४५ बजे, बोस्टन स्टेडियम
– स्पेन भर्सेस बेल्जियम, असार २७ गते विहान १२:४५ बजे, लस एन्जल स्टेडियम
– नर्वे भर्सेस इंग्ल्यान्ड, असार २८ गते विहान २:४५ बजे, मायमी स्टेडियम
– अर्जेन्टिना भर्सेस  स्विट्जरल्यान्ड,असार २८ गते विहान ६:४५ बजे, कान्सास सिटी स्टेडियम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर