बेल्जियमले अमेरिकालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा

काठमाडौं ।  बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रिक्वार्टरफाइनलमा सहआयोजक अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । बेल्जियमले ९ मिनेटमै गोल गर्दै अग्रता लियो । चार्लस डे केटेलएरेको गोलमा बेल्जियमले अग्रता लिएको हो । उनले निकोलस रस्किनको पासमा गोल गरेका हुन् ।

३१ औँ मिनेटमा अमेरिकी खेलाडी मलिक टिलमानले फ्रिकमार्फत सुन्दर गोल गर्दै टिमलाई १–१ को बराबरीमा ल्याए । त्यसको दुई मिनेटमै बेल्जियमका चार्लसले दोस्रो गोल गर्दै टिमलाई २–१ ले अग्रता दिलाए । उनले लिआन्द्रो ट्रोसार्डको पासमा हेड गोल गरेका हुन् ।

त्यस्तै ५७ औँ मिनेटमा हान्स भानाकेनले चार्लसको पासमा गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकूले गोल गर्दै बेल्जियमलाई ४–१ ले जिताए । लुृकाकू बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । यो हारसँगै अमेरिकाको तेस्रो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने चाहना चकनाचूर भयो । अमेरिका सन् १९३० को पहिलो संस्करण र सन् २००२ मा क्वार्टरफाइनलमा पुगेको थियो । बेल्जियम भने दुई पटक सेमिफाइनलमा पुगेको छ । सन् २०१८ को विश्वकपमा तेस्रो भएको बेल्जियम १९८६ मा चौथो भएको थियो ।

को को पुगे क्वार्टरफाइनलमा ? 

यसअघि नर्वे, मोरक्को र इङ्गल्याण्ड र स्पेन क्वार्टरफाइनलमा पुगिसकेका छन् । क्यानाडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा पुगेको हो ।

त्यस्तै ब्रजिललाई २–१ ले हराउँदै नर्वे चौथो सहभागितामा पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । त्यस्तै इङ्गल्याण्डले मेक्सिकोलाई ३–२ ले हराएर क्वार्टरफाइनलमा स्थान बनायो ।

स्पेनले पोर्चुगललाई १–१ ले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गर्‍यो । बेल्जियमले अमेरिकालाई ४–१ ले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गर्‍यो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर