गगनलाई टक्कर दिन देउवा समूहको चुनदेवीमा सम्पर्क कार्यालय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष गगन थापासँग रुष्ट देउवा समूहले राजनीतिक गतिविधि बढाउने उद्देश्यले काठमाडौंको चुनदेवीमा छुट्टै कार्यालय सञ्चालनमा ल्याएका छन् ।

शेरबहादुर देउवाको इशारामा पूर्णबहादुर खड्काले आज सोमबारदेखि उक्त कार्यालय सञ्चालनमा ल्याइएको बताइएको छ । कार्यालयमा खड्कासहित शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, प्रकाशशरण महतगायत नेताहरू सहभागी भएर आगामी रणनीति तय गर्न छलफल गरिरहेका छन् ।

छलफलबाट निकालिने रणनीतिले भावी कार्यक्रम तय गर्ने र गगनलाई टक्कर दिने पनि चुनदेवीमा चर्चा चलिरहेको छ । गगनसँग मिल्न हुँदैन भन्ने कांग्रेसका कार्यकर्ताहरूको चुनदेवी बाक्लो उपस्थिति रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर