स्वीडेनलाई ३-० ले हराउँदै फ्रान्स अन्तिम १६ मा प्रवेश
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्यो ।
फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।
आइभरी कोस्टलाई हराउँदै नर्वे पहिलो पटक अन्तिम १६ मा
विश्वकप फुटबलकाे इतिहासमा नर्वेले पहिलाे पटक अन्तिम १६ मा स्थान बनाएको छ। नकआउट चरणमा जित निकाल्ने क्रममा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्यो। नर्वे विरुद्ध उत्कृष्ट प्रदर्शनका बाबजुत अफ्रिकन टोली भने नकआउट चरणबाटै घर फर्किन बाध्य भयो। खेलमा सुरुवाती अग्रताका बाबजुत नर्वे दोस्रो
हाफमा बराबरी तर्फ उन्मुख थियो। यस्तोमा अर्लिङ हालान्डले खेलको अन्तिमतिर गरेको निर्णायक गोल उसलाइ इतिहास बनाउन पर्याप्त बन्यो। अब नर्वेले अन्तिम १६ मा ब्राजिलको सामना गर्ने छ।

खेलमा म्यानचेस्टर सिटीका स्टार फरवार्ड हालान्ड खेलभरि खासै प्रभावशाली देखिएका थिएनन्। खेलको ८६औँ मिनेटमा भने प्याट्रिक बेर्गको कटब्याक उनले ६ यार्ड बक्सबाट सहज रूपमा गोलमा परिणत गर्दै नर्वेलाई रोमाञ्चक जित पक्का गराए। योसँगै हालान्डले नर्वेका लागि लगातार १३ प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने कीर्तिमान कायम राखेका छन्। उनको यो गोलले नर्वेलाई विश्वकपको नकआउट चरणमा इतिहासकै पहिलो जित दिलायो।
खेलको सुरुआतमा दुवै टोलीले सावधानीपूर्वक प्रतिस्पर्धा गरेका थिए। आइभोरी कोस्टका प्रशिक्षक एमेर्स फाएले रक्षात्मक ४-१-४-१ रणनीति अपनाउँदै टोली उतारेका थिए, जसका कारण पहिलो हाफमा उनीहरूको आक्रमण प्रभावहीन रह्यो। यसको फाइदा उठाउँदै ३९औँ मिनेटमा एन्टोनियो नुसाले उत्कृष्ट एकल प्रदर्शनमा बक्सभित्र बाट प्रहार गरेको ‘लेफ्ट फुटेड’ शटले जाली चुम्दा नर्वेले अग्रता बनायो।
