अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले जित हात पारेको छ। सुरुवातमै २-० गोलको अग्रता लिएको अर्जेन्टिनाले जोर्डनविरुद्ध ३-१ गोलअन्तरले जित हात पारेको हो।
खेलको ८०औं मिनेटमा लियोनेल मेस्सीले गोल गरेका थिए। यस्तै, ५५औं मिनेटमा जोर्डनका मुसा अल्तामारी गोल गर्दै खेललाई २-१ मा ल्याएका थिए। डलास रंगशालामा सम्पन्न खेलको ३१औं मिनेटमा लाउटारो मार्टिनेज पेनाल्टीमार्फत गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता कायमै गरेका थिए। यस्तै, १९औं मिनेटमा जियोभानी लो सेल्सोले पहिलो गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
प्रतिक्रिया
