इङ्ल्यान्ड र क्रोएशिया नक आउट चरणमा प्रवेश
काठमाडौं । इङ्ल्यान्ड समूह विजेता बन्दै फिफा विश्वकप २०२६ को नक आउट प्रवेश गरेको छ। गएराति पनामालाई हराउँदै इङ्ल्यान्ड समूह एलमा ७ अंक जोडेर शीर्ष स्थानमा रहँदै नक आउट प्रवेश गरेको हो। न्यू जर्सी स्टेडियममा इंग्ल्याण्डले पनामालाई २-० गोलले हरायो।
६२ मिनेटमा ज्युड बेलिंगमले गोल गर्दै इङ्ल्यान्डलाई सुरूवाती अग्रता दिलाए। त्यसको पाँच मिनेटमै ह्यारी केनले अग्रता दोब्बर पारे। पराजित भएको पनामा अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। समूह चरणका तीनमध्ये तीनै खेलमा पनामा पराजित भएको छ। समूह एलबाट क्रोएशिया उपविजेता बनेर नकआउट प्रवेश गरेको छ।
गएराति नै भएको खेलमा घानालाई २-१ गोलले पराजित गरेको क्रोएशियाले अंक तालिकामा ६ अंक बनाउँदै नक आउट प्रवेश गरेको हो। क्रोएसशियाका लागि पिटर सुसिकले ३१ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाए। घानाका डेरिक लुकाशेनले ७३ मिनेटमा बराबरी गोल फर्काए।
