रास्वपाको उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको पदाधिकारी निर्वाचनबाट सोविता गौतम उपसभापति र विपिनकुमार आचार्य महामन्त्री पदमा निर्वाचित भएका छन्। उपसभापति पदकी उम्मेदवार सोविता गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।

त्यसैगरी,शुक्रबार सम्पन्न मतदानमा रास्वपाको प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्। महामन्त्री पदका लागि विपिन आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की प्रतिस्पर्धामा थिए।

यसअघि महामन्त्रीका आकांक्षी गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

यसैगरी सहमहामन्त्री पदमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् । महिला सहमहामन्त्रीमा निशा डाँगीले ७ सय ३७ मत प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर