मेक्सिको विश्वकप फुटबलको नकआउटमा प्रवेश
काठमाडौं । मेक्सिको विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको मेक्सिकोले मध्यान्तरपछि तीन गोल गरेसँगै ३–० को जित हासिल गरेको हो । मेक्सिको सबै जितसहित अन्तिम ३२ मा पुगेको छ ।
मेक्सिकोका लागि माटेओ चाभेज, युलियन क्विनोनेस र अल्भाराव फिडाल्गोले एक एक गोल गरे । यो हारपछि भने एक अंकको चेक गणतन्त्र विश्वकपबाट बाहिरिएको छ । यो समूह ए को खेल हो । समूह एमा दक्षिण अफ्रिका र दक्षिण कोरियासमेत रहेका छन् । दक्षिण अफ्रिकाले कोरियालाई हराउँदै पहिलै पटक नकआउटमा पुगेको छ । कोरिया तेस्रो भएको छ ।
प्रतिक्रिया
