रोनाल्डोको अब काम छैन भन्नेलाई पोर्चुगलको मैदानी जवाफ

काठमाडौं । विश्वकपमा डेब्यु गरिरहेको उज्वेकिस्तानविरुद्ध पोर्चुगलले ५–० को विशाल जित दर्ता गरेको छ । गएराति ह्युस्टनमा भएको खेलमा उज्वेकिस्तानविरुद्धको खेल सुरु भएको ६ मिनेटमै रोनाल्डोले विश्वकप इतिहासमा कसैले नगरेको कीर्तिमान कायम गरे । जोआओ कान्सेलोको उत्कृष्ट क्रसलाई पेनाल्टी बक्सको नजिकैबाट लो हाफ-भलीमार्फत गोलमा परिणत गर्दै उनी ६ वटा फरक-फरक विश्वकप ९२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६० मा गोल गर्ने विश्वकै पहिलो फुटबलर बने।

४१ वर्षको उमेरमा गरेको यो गोलसँगै उनी विश्वकप इतिहासमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी समेत बनेका छन्। यसअघि सन् १९९४ को विश्वकपमा क्यामरुनका रोजर मिलाले ४२ वर्षको उमेरमा रुसविरुद्ध गोल गर्दै सबैभन्दा बढी उमेरमा गोल गर्ने कीर्तिमान बनाएका थिए।

खेल सकिएलगत्तै रोनाल्डोको अनुहारमा एउटा ठुलो राहत र खुसी स्पष्ट देखिन्थ्यो। उनले क्यामराको नजिकै आएर चिच्याउँदै भने, ‘म फर्किएँ, म फर्किएँ (I’m back, I’m back)।’ उनले विश्वकप र युरोकपजस्ता प्रमुख प्रतियोगिताहरूमा रहेको आफ्नो ११ खेलको गोल खडेरीलाई पनि यसैमार्फत पूर्णविराम लगाए।

खेलपछि भावुक बन्दै रोनाल्डोले विगतको साता आफ्ना लागि निकै कठिन र अँध्यारो रहेको स्वीकार गरे। ‘भगवानले उनैलाई मद्दत गर्नुहुन्छ, जसले कडा मिहिनेत गर्छन्,’ रोनाल्डोले भने, ‘यो साता निकै कठिन र निराशाजनक थियो। मलाई फुटबलबाट सन्न्यास लिइसकेकोजस्तो महसुस गराइँदै थियो। तर मैले हार मानिनँ, किनकि म फुटबलको भाग्यभन्दा बढी आफ्नो कडा मिहिनेतमा विश्वास गर्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर