स्विट्जरल्यान्ड-कतार १-१ गोलको बराबरीमा

काठमाडौं ।  कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ । बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि बराबरीमा पुगेको हो ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्ड बराबरीमा रोकिएको हो । यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोडेको छ । सन् २०२२ मा आयोजकको रुपमा पहिलोपटक विश्वकप खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन ।

स्विट्जरल्यान्डले खेल अवधीभर कतारलाई दबाबमा राख्दै गोल गर्ने दर्जन बढी अवसर पाएपनि फिनिसिङ हुन सकेन भने कतारका गोलकिपरले पनि उत्कृष्ट प्रदर्शन गरे । खेलमा स्विट्जरल्यान्डले ६० प्रतिशत भन्दा बढी पोसेसन राखेको थियो । तर कतारले अन्तिमसम्म हार मानेन र इन्जुरी टाइममा गोल फर्काउन सफल भयो ।

स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । खेलेको १७औं मिनेटमा डिबक्सभित्र कतारका गोलकिपर महमूद अबुनादाले विपक्षी खेलाडीलाई लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टीले पाएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै एम्बोलोले स्विट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए ।

९० मिनेटसम्म एक गोलले पछि परेको कतारका लागि इन्जुरी समयमा बोउलेम खुखले गोल गर्दै बराबरीमा फर्काए । बोउलेमले हेडमार्फत गोल गर्दै कतारलाई हारबाट जोगाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर