विश्व कप : आज राति क्यानाडा-बोस्निया हर्जगोभिना, दोस्रो भोलि बिहान अमेरिका-पाराग्वेबिच हुने
काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुँदैछ । आजको पहिलो खेलमा क्यानडा र बोस्निया हर्जगोभिनाबिच आमनेसामने हुनेछन्। नेपाली समयअनुसार आज शुक्रबार राति १२:४५ बजे प्रारम्भ हुनेछ । यस्तै दोस्रो खेलमा संयुक्त राज्य अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ, जुन नेपाली समयअनुसार भोलिशनिबार बिहान ९:४५ बजे प्रारम्भ हुनेछ।
प्रतिक्रिया
