प्रतिनिधिसभामा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय

काठमाडौं ।  प्रतिनिधिसभाका विपक्षी दलहरूले नेपाल-भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति नसच्याएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको विपक्षी दलको बैठकले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति अविलम्ब फिर्ता लिनुपर्ने अडान कायमै राख्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए।

प्रधानमन्त्रीले संसद्‌बाट देशवासीका नाममा सम्बोधन गरेर माफी माग्नुपर्ने र संसद्‌को रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने बैठकको निष्कर्ष रहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर