सरकार पार्टीको विधानले नभई संविधानले चल्नुपर्ने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाको सरकार पार्टीको विधानले नभई देशको संविधानले चल्नुपर्ने बताएका छन् । मंगलबार गोरखाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा उनले पाँच वर्ष सरकार चलाउने जिम्मा पाएको रास्वपा देशको विधान र संविधान अनुसार चल्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘रास्वपाले पाँच वर्ष सरकार चलाउन पाएको छ, उहाँहरुले सरकार चलाउनुहुन्छ । तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो, देशको संविधानले सरकार चल्छ ।’

राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने कांग्रेसको जिम्मेवारी रहेको उनले बताए । सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानविन हुनुपर्ने विषय कांग्रेसले पहिलै देखि उठाउँदै आएको र त्यसमा सहयोग गर्न आफूहरु सदैव तयार रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर