आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । विपक्षी दलहरूले संसद्मा लगातार अवरोध जारी राखिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।

समसामयिक राजनीतिक घटनाक्रम तथा संसद्मा देखिएको गतिरोधबारे छलफल गर्न सोमबार बिहान बैठक बोलाइएको हो। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार बैठक संसद् सचिवालय परिसरमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई सहभागी हुन अनुरोध गरिएको छ। रास्वपाले सम्बन्धित सबै दललाई औपचारिक निमन्त्रणा पठाइसकेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर