‘प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ’
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनेको विषय नै सत्य भएको र आवश्यक परे फेरि उत्तर दिने बताएका छन् ।
आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ । उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो । आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’
प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भनी दिएको अभिव्यक्ति विवादमा आएर प्रधानमन्त्रीको राजीनामाको माग गरिरहेको सन्दर्भमा प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिको गलत अर्थ लगाइएको र एकपटक पुनः सुन्न पत्रकारहरुलाई आग्रह गरे ।
प्रतिक्रिया
