सन्दीप, कुशल र ऐरीले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं ।  नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको प्रिमियर लिग खेल्ने भएका छन्। प्रतियोगिताको लागि सन्दीपलाई जाफ्ना किङ्सले टीममा भित्र्याएको हो। गोल्ड क्याटेगोरीको सर्टलिस्टमा परेका सन्दीप २० हजार डलर (करिब ३० लाख रुपैया) मा बिक्री भएका हुन्।

यसैगरी दुई अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल पनि श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा बिक्री भएका छन् । दीपेन्द्रलाई जाफ्ना किङ्सले र भुर्तेललाई कोलम्बो क्याप्सले खरिद गरेका हुन् । स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र एउटै टिममा छनोट भएका छन् । दीपेन्द्र र कुशल एसोसिएट्स क्याप विधाबाट छनोट गरिएका हुन् । यो विधामा बेस प्राइस १५ हजार अमेरिकी डलर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर