बैंगलुरू दोस्रोपटक आईपीएल च्याम्पियन

काठमाडौं । आइपिएलको फाइनल खेलमा गुजरात टाइटन्स (जीटी) लाई ५ विकेटले पराजित गर्दै बैंगलुरूले आफ्नो दोस्रो पटकको वर्चश्व कायम गरेका छन् । हिजो आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूका कप्तान रजत पाटीदार लगातार दुईवटा आईपीएल ट्रोफी जित्ने इतिहासकै तेस्रो कप्तान बनेका छन्। यसअघि महेन्द्र सिंह धोनी (२००९, २०१०) र रोहित शर्मा (२०१९, २०२०) ले मात्र यस्तो सफलता हासिल गरेका थिए।

बैंगलुरूको सफलताको सबैभन्दा ठूलो पक्ष के रह्यो भने टोली कुनै एक मात्र खेलाडीमा निर्भर रहेन। ब्याटिङतर्फ विराट कोहली, रजत पाटीदार र देवदत्त पडिक्कलले उत्कृष्ट रन बनाए भने बलिङतर्फ भुवनेश्वर कुमार, रसिख सलाम र जोस हेजलवुडले जिम्मेवारी सम्हाले। टोलीका ८ फरक-फरक खेलाडीहरू विभिन्न खेलमा ‘प्लेयर अफ द म्याच’ समेत चुनिए।

बैंगलुरूको ब्याटिङ यो सिजन उसको सबैभन्दा बलियो कडी साबित भयो। ओपनर विराट कोहलीले फाइनल खेलमा अविजित ७५ रनको इनिङ खेल्दै टोलीलाई च्याम्पियन बनाए। उनले यस सिजनका १६ खेलमा १६५.८४ को स्ट्राइक रेटमा ६७५ रन बनाए, जसमा एक शतक र ५ अर्धशतक समावेश छन्।

त्यस्तै, कप्तान रजत पाटीदारले पनि आक्रामक ब्याटिङ गर्दै १५ खेलमा १९२.६९ को उत्कृष्ट स्ट्राइक रेटमा ५०१ रन जोडे। अर्कातर्फ, देवदत्त पडिक्कलले ४६४ रन बनाउँदै टोलीको शीर्ष क्रमलाई थप मजबुत पारे।

यी तीन ब्याटरले मात्रै मिलेर टोलीका लागि कुल १६४० रन योगदान गरे। मध्यक्रमका ब्याटर वेन्कटेश अय्यरले ६ इनिङमा २०९ रन बनाए, जसअन्तर्गत फाइनल खेलमा उनले १६ बलमा ३२ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए। यही कारणले गर्दा बैंगलुरूले यो पूरा सिजन मध्यक्रममा धेरै दबाब झेल्नु परेन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर