प्रधानमन्त्री नआएसम्म बैठक चल्न नदिने प्रतिपक्षीको अडान

काठमाडौं ।  विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् । आज मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे । त्यसपछि सभामुखले बोल्न समय दिए । त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका हुन् । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् ।

प्रधानमन्त्री खोज्दा हामीले गल्ती गरेका हौं ?

नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारले प्रतिनिधि सभा नियमावली ३८ को १ को सुविधा लिइरहँदा सोही नियमाली ५६ (१) को कर्तव्य पूरा गर्नुपर्ने बताएका छन्।  उनले प्रधानमन्त्रीले प्रतिनिधि सभामा आएर सांसदले उठाएका प्रश्नको जबाफ दिनुपर्ने बताएका हुन्।

‘हामीले केही गल्ती गरेका छौं भन्ने लाग्दैन, हामीले गल्ती गरेका छौं भने सभामुखमार्फत सरकारले हामीलाई भनोस्, संविधानको कुरा कार्यान्वयन गर्नुपर्छ भनेर तिमीहरूले कसरी भन्न पाउँछौ? हामीलाई प्रश्न होस्। प्रतिनिधि सभा नियमावली ३८ को १ को सुविधा लिने सरकारले, त्यो अधिकारको प्रयोग गर्ने सरकारले सोही नियमाली ५६ (१) को कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन? यो संसदमा यो जबाफ हामीले खोज्नु जायज हो कि नाजायज?,’ उनले भने।

प्रधानमन्त्रीले छिट्टै सदनलाई जवाफ दिनुहुन्छ : सभामुख 

सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित भएर छिट्टै जवाफ दिने तयारी गरिरहेको बताएका छन् । प्रतिनिधिसभामा विपक्षी दलले प्रधानमन्त्री खोज्दै आफूले निरन्तर संवाद गरिरहेको बताए ।

उनले भने, ‘संसद्मा उठेको प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्‍योयो भन्ने कुरा अत्यन्तै जायज छ, संविधानतः छ, नियमावली सम्मत छ, कानुन सम्मत छ र जनताको माग पनि त्यही हो। यसमा हामीले पटक–पटक संवादहरू विपक्षी दलका नेताहरूसँग गरिरहेका पनि छौँ ।’ सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि आफ्नो संवाद भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर