रास्वपाका सांसदहरू निरीह देखिए : वर्षमान
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका रास्वपाका सांसदहरू निरीह देखिएको आरोप लगाएका छ्न् ।
संसद भवन सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरि सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरे । सांसदहरूले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउन सक्ने पुनको भनाइ छ ।
प्रतिक्रिया
