भक्तपुरको गठ्ठाघर नमूनाबस्तीमा नवजात शिशु फेला

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित नमूनाबस्तीमा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बिगमार्ट नजिकको बाटो छेउमा आज बुधबार बिहान करिब ५:३० बजेको समयमा  फेला परेको नवजात शिशु छोरी रहेको स्थानीयले बताएका छन्।

स्थानीयले प्रहरीलाई खबर गरेपछि उद्धार गरी नागरिक अस्पताल पुर्‍याइएकोमा शिशु स्वस्थ रहेको बताइएको छ ।  जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर