भक्तपुरको गठ्ठाघर नमूनाबस्तीमा नवजात शिशु फेला
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित नमूनाबस्तीमा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बिगमार्ट नजिकको बाटो छेउमा आज बुधबार बिहान करिब ५:३० बजेको समयमा फेला परेको नवजात शिशु छोरी रहेको स्थानीयले बताएका छन्।
स्थानीयले प्रहरीलाई खबर गरेपछि उद्धार गरी नागरिक अस्पताल पुर्याइएकोमा शिशु स्वस्थ रहेको बताइएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।
प्रतिक्रिया
